Pages

Sunday, May 27, 2012

ताम्सालिङको दुश्मन कांग्रेस-एमाले


       एउटा लाटोले पनि बुझ्ने कुरा भयो के अब ताम्सालिङको दुश्मन को हो भनेर ।कांग्रेस र एमाले बरु संविधानसभा भंग गर्न तयार भए तर जातीय पहिचानको आधारमा संघियतामा जान नचाहनुले अब तामाङ जनताले यी दुई पार्टीलाई अर्को चुनावमा धुलो-पिठो पार्नु बाहेको राम्रो बदला अरु हुन सक्दैन होला ।माओवादी र मधेसी मोर्चा हाम्रो पक्षमा रहेको तर कांग्रेस र एमाले हाम्रो विपक्षमा खुलेर उभेको कारणले गर्दा सहमति हुन सकेन र अन्तत: त्यत्रो खर्च गरेर सम्पन्न गरेको संविधानसभाको चुनाव अनि ४ वर्षसम्म सभासद्हरुले खाएको तलब-सुबिधाले त देशको ठुलो आर्थिक नोक्सानी गराएको छ ।एमाले जनवादी पार्टी हो भन्ने भ्रम पालेर थुप्रै तामाङ लगायत आदिवासी जनजातिहरुले संविधान सभाको चुनावमा भोट हालेका थिए तर आखिरीमा एमाले जनवादी पार्टी नभएर जनैवादी पार्टी हो भन्ने पुष्टि भएको छ ।कांग्रेस जहिले पनि "लोकतन्त्र लोकतन्त्र" भनेर मन्त्र जप्दै हिंड्यो ,उसको लोकतन्त्र भनेको बाहुन-छेत्रीको मात्रै लोकतन्त्र रहेछ भन्ने कुरा अब सबै जनजाति,मधेसी र दलितहरुले छर्लङ्ग बुझिसकेका छन् ।
        जनजाति प्रतिनिधिहरुले प्रदेशको सीमांकन आयोगको बहुमत सदस्यले बुझाएको प्रतिवेदन या संविधान सभाको राज्य पुनर्संरचना समितिले बुझाएको प्रतिवेदन अनुसार नै हुनु पर्ने तर नाममा आफूहरु लचक हुन तयार रहेको भनेर भन्दा भन्दै हिजो प्रदेशको नाममा जातियताको गन्ध आयो भनेर होहल्ला गर्दै हिंड्ने कांग्रेस र एमालेले जनाजति र माओवादीले देखाएको त्यस्तो लचकतालाई समेत मान्न तयार भएनन् र उही संघियता विरोधी डम्फु बझाउँदै संविधानसभालाई नै विघटन गर्न पुगे।लौ न सहमति गरौँ भन्दा पनि एक इन्च लचकता नदेखाउने ,खालि माओवादीले जातियत द्वन्द ल्याउन खोज्यो भनेर मिथ्य आरोप लगाइरहने अनि लौ त त्यसो भए सार्वभौमसत्ता सम्पन्न  संविधानसभामा लगेर संघियताको बारेमा भोटिङ गरौँ भन्दा पनि हार्ने डरले थुरथुर कामेर प्रक्रियालाई अगाडी बढ्नै नदिने ,अनि यो जति ठुलो लोकतन्त्रको उपहास के हुन सक्छ ?कुन दर्शन र सिद्धान्तमा आधारित लोकतन्त्रको कुरा गरेको कांग्रेस र एमालेले ?आफुलाई लोकतन्त्रको ठेकेदार ठान्नेहरु आफैंले लोकतान्त्रिक पद्दतिलाई बाइपास गरेर खालि माओवादीलाई अधिनायकवाद लाद्न लाग्यो भनेर आरोप लगाउन पाईन्छ ?माओवादी नै त थियो संविधान सभाको चुनाव गर्नु पर्यो भनेको सुरुमा भनेका ।आफैंले संविधान सभालाई जन्म दिने माओवादीले जातीय पाहिचन बिनाको संघियता मान्दैनौं बरु संबिधान बिघटन होस् भन्नु त्यो जति तामाङ जनताको लागि ठुलो गुन अरु के हुन सक्छ र ?
  कांग्रेस र एमालेका नेताहरुले अहिले देशमा तिनीहरुको जनमत नराम्ररी गिरेको छ भन्ने प्रष्ट रुपमा बुझेका छन्। तराईमा अब कांग्रेस र एमालेले सायद चुनावी प्रचार-प्रसार समेत गर्ने हिम्मत गर्लान् कि नगर्लान् यसै भन्न सक्ने अवस्था छैन  ।मधेसी जनता हिजो झैँ आज पनि लाटा होलान् ,झुक्याएर र पैसा पेलेर चुनाव जित्छु भन्ने कांग्रेस र एमालेले सोचेका छन् भने त्यो दिवास्वप्न मात्रै हो।माओवादी र मधेसी मोर्चाले तराईमा सहकार्य गर्ने ठुलो सम्भावना छ र यदि त्यस्तो सहकार्य हुन सक्यो भने कांग्रेस-एमालेको नाम-निशान रहने वाला छैन मधेसमा।र हामी तामाङ लगायत सबै जनजाति त्यस्तो सहकार्यको कामना गर्दछौँ र भगवान् स्वयम्भूनाथसँग प्रार्थना पनि गर्दछौँ ।अब बाँकी रह्यो पहाडी छेत्रमा ।पहाडी छेत्र त हाम्रै छेत्र त हो नि हामी ठिक पारिहाल्छौँ नि ।पहाडी छेत्रहरुमा बाहुन छेत्रीहरुको पनि बसोबास रहेको कारणले गर्दा र पछिल्लो समयमा कांग्रेस-एमालेले जबर्जस्ती बाहुन छेत्रिहरुको  एजेन्डाहरु निरन्तर बोकिरहेको कारणले गर्दा केहि रुपमा भोट पाउने सम्भावना नकार्न सकिन्न ।तर हरेक आदिवादी जनजातिहरु एक जुट भएर कांग्रेस र एमालेलाई भोट नहाल्ने हो भने कांग्रेस-एमालेले सुदुर-पश्चिममा बाहेक काहिँ पनि जित्न सक्ने सम्भावन छैन। जनजातिहरुले के बुझ्नु आवश्यक छ भने अहिले हामीले कुनै दललाई पुजा गर्ने बेला होइन ।यो मेरो बाउ-बाजे देखिको पार्टी हो र यहि पार्टीमा म रहिरहनु पर्छ भन्ने भ्रमबाट हामी मुक्त हुनु जरुरी छ ।हामी दलगत एजेन्डा हेर्ने हो ।
    तपाईं हामी पढे लेखेका-बुझेका तामाङहरुले नै भ्रम पाल्यौं भने ,तपाईंहामी नै आफ्नो स्वाभिमानमा नबाँचेर अरुको पुच्छर भईरहने हो भने कसरी पाईन्छ ताम्सालिङ ? छोड्दिनुहोस् इतिहास-सितिहंस ।इतहास भन्दा वर्तमान महत्वपूर्ण हुन्छ ।हामीले अहिले ताम्सालिङ निर्माण गरेर भविष्यमा आफ्ना तामाङ सन्ततिहरुको गौरव बढाउन सक्नु नै प्रमुख आवश्यकता हो । तपाईं एक जना तामाङकै  छोरा या छोरी हो भने,तपाईंको नशा नशामा तामाङको रगत बग्छ  भने अब ताम्सालिङ पाउनको लागि लड्ने कि नलड्ने त ? केहि गर्नु पर्यो तामाङ मित्रहरु ।भन्दिनुस् न ५-१० जना साथीहरुलाई ताम्सालिङको दुश्मन को हो भनेर ,फेसबुकमा लेखिदिनुहोस्, गाउँ-घरमा दुखी-अनपढ तामाङहरु जो सजिलै कांग्रेस-एमालेको ढाल बन्न सक्छन् तिनीहरुलाई चेतना जगाईदिनुहोस् ।अब गर्ने भनेकै हामीले त हो नि ।अरु तामाङ बुद्धिजीवीहरु छन् तिनीहरुले गरिहाल्छ नि भनेर चुप लाग्ने बेला होइन है मित्रहरु ।मेरो दुई हात जोडी बिन्ति छ तपाईंहरुलाई कृपया ताम्सालिङको लागि केहि गरिदिनुहोस् ।कति अरुको दास भएर बस्ने भन्या ?सोच्नुहोस् -बिचार गर्नुहोस् सहि कुरा के हो आफैं छुट्टयाउनुहोस् ।बिन्ति छ मित्रहरु कोहि पनि हाम्रा तामाङ दाज्यूभाइ दिदीबहिनीहरुले अब हुने नयाँ चुनावमा कांग्रेस-एमालेलाई झुक्केर पनि भोट नहालुन् । कांग्रेस र एमालेलाई भोट हाल्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु जस्तै हो । त्यसले मेरो अपिल सम्पूर्ण तामाङ मित्रहरुलाई  कि अब तपाईं हामी ताम्सालिङ बनाउन एकजुट भएर लागौं । जय तामसालिङ