Pages

Monday, May 21, 2012

बाहुन नेताहरुको खल्तीबाट झिकेको ११ प्रदेश चाहिंदैन


बाहुन छेत्रीहरुले एकल जातीय राज्य कुनै हालतमा हुनु हुन्न ,उनीहरु पनि आदिवासीमा सूचीकृत गरिनु पर्यो भनेर गरेको बन्द सम्पूर्ण रुपमा हामी तामाङ लगायतका सबै जनजातिहरु बिरुद्ध थियो । देश हाँक्ने पनि तिनीहरु नै अनि सडकमा गएर हामीहरु पछि पर्यौं भनेर चिच्याउने पनि तिनीहरु नै ,आफुलाई कस्तो बहादुर ठानेका होलान् ? जनजाति प्रतिनिधिहरुले माओवादीका अदक्ष्य पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष गएर एकल जातीय राज्यको पार्टीको धारणाबाट पछि नहट्न गरिएको आग्रहलाई उनले समर्थन स्वरुप जातीय राज्यको बिरुद्ध लाग्नेहरुमाथि प्रतिकार गर्नुहोस् भनेर त भने तर ठिक त्यसको केहि दिन बित्न नपाउँदै उनले अँध्यारो कोठामा गएर बाहुन-छेत्रीहरुको चाहना बमोजिमको जाति विरोधी ११ राज्यको पक्षमा कांग्रेस र एमालेसँग सहमति गर्न भ्याए । यसबाट के बुझ्न सकिन्छ भने प्रचण्डमा ब्राहमणवाद हाबी हुन थालेको छ ।  प्रचण्डले जनजातिहरुको रगत बगाएर जनयुद्द त सफल  पारे तर आज त्यहि जनजाति विरुद्ध उनि कालो कोठामा बिगत लामो समय देखि नै जनजाति विरुद्ध लागि परेका पार्टीहरुसँग हातेमालो गर्दै छन् ,मुसुमुसु हाँस्दै सहमति भयो भनेर हामी सोझा तामाङ लगायतका जनजाति र मधेसीहरुलाई ढाँट्ने दुष्प्रयास गर्दैछन् । केपी ओलीको बोली र माओवादीको गोली खतरनाक हुन्छ भन्ने सुनेको थिएँ तर आज माओवादीको गोली त सबै नेपाल सरकारको मातहतमा आएको छ त्यसैले  गोलीबाट तर्सिनु पर्ने आवश्यकता छैन तर उसको बोली हिजो आज जनयुद्धको गोली भन्दा खतरानाक हुन थालेको छ । बिगत लामो इतिहासदेखि जनजाति विरुद्ध लागि पारेका पार्टीहरु बिचरा कांग्रेस र एमालेप्रति हाम्रो कुनै गुनासो छैन । विचार बाहुनहरुको पार्टीले जनजातिको माग संबोधन गर्नु पर्यो भनेर जनजाति प्रतिनिधिहरुले धर्ना दिनु पनि त्यति जाहेज कुरा थिएन । कांग्रेस र एमालेका नेताहरुले त चोटिलो जवाफ फर्काई दिए रे "जातीय राज्य कुनै हालतमा हुनै सक्दैन "/ भनेर ।
   दाहाल,भट्टराई ,पौडेल,नेपाल, सिटौला लगायतका ५-६ जना बाहुन नेताहरुको सहमतिमा बनेको ११ प्रदेशको सहमति आम नेपाली जनताको सहमति भनेर खसहरुको कब्जामा रहेका नेपालका मिडियाहरुले जबर्जस्ति  प्रचार गरे ,केके न भयो भनेर हल्लीखल्ली गरे ,होहल्ला मच्चाए । एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादीका देव गुरुङ ,कांग्रेसका जीव छिरिङ्ग लामा लगाएका जनजाति नेताहरुले पनि १४ प्रदेश नै हुनु पर्छ भनेर सहमत गरेकै त हुन्, त्यो चाहिं किन राष्ट्रिय सहमति हुन सकेन ? बाहुन नेताहरुले भनेको कुरा चाहिं राष्ट्रिय सहमति हुने अनि जनजाति नेताहरुले भनेको कुरा चाहिं वायत हुने ,पार्टीको मर्यादा विपरित हुने ? खुसिको कुरा के छ भने अचेल जनजाति नेताहरु पनि खुब सचेत हुन थालेका छन् । तिनीहरु परी आएको बेला आफ्नो जातीय अधिकार प्राप्त गर्न पार्टी छोड्न तयार छन् । त्यसको एउटा उदाहारण हुन् कांग्रेसका सभासद् जीवछिरिङ लामा । लामाले आफ्नो पार्टीका ४८ जना जनजाति सभासद्हरुको हस्ताक्षर संकलन गरेर पार्टी नेत्रित्व समक्ष्य जातीय आधारमा संघीय राज्यहरु बन्नु पर्छ भनेर दबाब दिने काम गरे । तर बाहुनहरुले कहाँ मान्छ र हामीले भनेको कुरा ?
बाहुन नेताहरुको  सहमतिमा ताम्सालिङलाई टुक्राटुक्रा पार्ने काम भएको छ । तामाङहरु सबैभन्दा बढी रहेको जिल्ला मकवानपुरलाई टुक्रा पारेर राजधानी प्रदेशसँग गाँस्ने गलत सहमति भएको छ । धादीङ र नुवाकोट जस्तो तामाङ बाहुल्य छेत्रहरुलाई ताम्सालिङबाट झिकेर गद्दारी गरेका छन् । अरु त अरु उत्तर हिमालतिर अवस्थित ७०% तामाङहरु बस्ने रसुवा जिल्ला समेत टुक्रा पारेर अरु प्रदेशसँग जोड्ने दुश्साहस गरेका छन् । ललितपुर जिल्लामा रहेको १७ ओटा तामाङ बाहुल्य गाविसहरुलाई समेत भौगोलिक सुगमताको बिल्ला भिडाएर राजधानी प्रदेशमा गाब्ने कुचेष्टा गरेका छन् । फुटाउ र राजनीति गर भन्ने नीति अन्तर्गत बाहुन नेताहरुले कालो कोठामा बसेर ११ प्रदेशमा सहमति गरेको प्रष्ट छ । बाहुनहरुको खल्तीबाट फुत्त बाहिर निकालेको ११ प्रदेश हामीहरुलाई मान्य छैन । लामोसमयदेखि विभेदमा पारिएको तामाङ जातिमाथि अझै पनि अन्याय गरिन्छ भने त्यो सहने वाला छैन । ११ प्रदेशको सहमतिमा नामहरु दिईएको छैन । हामीले चाहेको ताम्सालिङ,हाम्रो म्हेम्हे-मम हरुले आफ्नो पसिना र मिहेनत बगाएको ताम्सालिङप्रति ठुलो अन्याय भएको छ । किन दिईएन त हाम्रो भूमिको नाम "ताम्सालिङ" भनेर ? कुरा बुझ्न सझिलो छ । कांग्रेस र एमालेलाई ताम्सालिङ भन्ने नाम सुन्दैमा एलर्जी हुन्छ रे । हुँदा हुँदै प्रचण्डलाई समेत एलर्जी हुन थालेछ नत्र किन नि नामबिनाको प्रदेशमा सहमति भयो त ? संविधान भनेको एक युगमा एक चोटी बन्ने कुरा हो । अखण्ड ताम्सालिङलाई सुनिश्चित नगरी संबिधान जारी गर्यो भने फेरी पनि हामी तामाङहरु खस-ब्राहमणहरुको दादागिरी सहेर बस्नै पर्छ । अत: अहिलेको यो जटिल राजनीतक मोडमा सचेत तामाङ भएको हैसियतले ताम्सालिङको बारेमा प्रचार प्रसार गरी दिनु हुन सबै तामाङ ज्योज्योआले नानाआङाहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । हामी तामाङहरु अब एउटै घरमा बस्न चाहन्छौं ,त्यो भनेको अखण्ड ताम्सालिङ हो । ताम्सालिङदा छार्ना-ल्हेना
लाबादा दरेम मुक्खुन तामाङकादेसे होद्से रि हैंसे लालन् तोला । लास्सो फ्याफुल्ला ।