Pages

Friday, April 27, 2012

ताम्सालिङ र राजनीतिक दलहरु

                          हात्तीवन रिसोर्टमा भएको लामो बैठकले दलहरु कुनै सहमतिको नजिक पुग्न त सकेनन् तर उक्त बैठकमा दलहरुले राखेको आआफ्नो धारणाबाट तिनीहरुको नियत बुझ्न सजिलो मात्रै होइन प्रष्ट पारिदिएको छ ।नेपालमा दलहरु सहमति खोज्दै गर्दा हामी तामाङ लगायत सबै जनजातिहरु भने कतै सहमतिको नाममा जातियताको आधारमा संघीयता नहुने त होइन भनेर सशंकित र त्रसित छौं ।कांग्रेसले त त्यहि पुरानो गैर जनजातीय अभिव्यक्ति नै दिए हात्तीवन रिसोर्टमा,तराई-पहाड-हिमाल सबै जोडिएको संघियता हुनु पर्ने रे ! जातिय आधारमा संघियता हुनै सक्दैन रे ! तराई-पहाड-हिमाल सबै जोडिएको संघिय राज्य बनाउने अनि खस जातिको बाहुल्यता स्थापित गर्ने र जनजाति-मधेसीहरुलाई हरेक राज्यमा मैनारिटिमा राखेर फेरि पनि हिजोको एकात्मक राज्यसत्तामा झैँ दबाई राख्ने प्रष्ट नीति कांग्रेसमा देखियो। धेरै तामाङहरुले पहिलै चिनिसकेका थिए कांग्रेसको सर्प डसाई नीति ,धेरै दावाहरुले बुझ्दै छन् अहिले पनि। नेपाली कांग्रेस त्यो पार्टी हो जसले समानुपातिक निर्वाचन प्रणाली हुनै सक्दैन भनेको थियो ।नेपाली कांग्रेस त्यो पार्टी हो जसले समावेशी विधेयकको विरोध गरेको थियो । नेपाली कांग्रेस त्यो पार्टी हो जसले संबिधानसभाको चुनावमा खसहरुको बाख्रा बथान जस्तै देखिने प्रतिनिधि चयन गरेको थियो भने  जनजातिहरुको प्रतिनिधि गरेको जस्तो देखाउन फाट्टफुट्टा जनजातिहरु प्रतिनिधि चयन गरेको थियो ।हात्तीवन रिसोर्टमा भएको बैठक उपलब्धिहीन भईसक्दा नेपाली कांग्रेसले जनजातिहरुलाई दबाएर छाड्छु भन्ने अठोट लिएको देखियो। नेपाली कांग्रेस गैर जनजाति पार्टी हो भन्ने सबैले जान्नु र सबैलाई सिकाउनु आजको सचेत जनजातिको कर्तब्य हो ।एमाले पनि कांग्रेस जत्तिकै जनजाति पार्टी नै त होइन तर जनजातिहरु हक अधिकार स्थापित गर्न सक्ने पार्टी पनि होइन ।एमालेको बाहुनछेत्री नेताहरु कांग्रेसले भनेको जस्तो भौगोलिक आधारको संघियताको पक्षमा छन् भने जनजाति पृष्ठभूमि भएका नेताहरु पक्का जनजाति भएर पार्टीभित्र आवाज उठाईरहेको पाईन्छ । तर एमालेमा के बिडम्बना छ भने जनजाति नेताहरुको आवाजले पार्टीको बाहुनछेत्री नेताहरुले गर्ने निर्णयलाई उल्टाउन सक्ने कुनै तागत राखेको देखिएको छैन । उपाध्यक्ष अशोक राईले सार्वजनिक रुपमै प्रष्ट रुपमा भनेकै छन् १४ ओटा राज्य हुनै पर्छ ,जातीय आधारमै हुनु पर्छ । एमालेभित्र जनजातिहरु निर्णायक शक्ति कम्जोर रहेको कारणले एमालेबाट जनजातिले आशा गर्नु सायद बेक्करै होला !
 
   जातिया आधारमा संघिय राज्य दिन सबैभन्दा बढी  हिजो नेपालका आदिवासी जनजातिहरुको मुद्धालाई नेपालको राजनीतिक वृतचित्रमा घुसाउन सफल एनेकपा माओवादीको संस्थापन पक्ष भनिने प्रचण्ड र बाबुराम भट्टराईले संघियताको लागि हामी लचिलो हुन तयार छौं भनेर पटकपटक भनेको सुनिन्छ र त्यहि कुरा फेरी दोहोर्याहेको पाईयो हात्तीवन रिसोर्टमा । ककनीमा गएर "ताम्सालिङ स्वायत्त गणराज्य जिन्दवाद " भन्ने बाबुराम र खुल्लामञ्चमा उभेर "नेवाः स्वायत्त गणराज्य जिन्दवाद"को नारा लगाउने प्रचण्डले के शासकीय स्वरुपमा कांग्रेस लचिलो भए आफुहरु पनि संघियताको अडानमा लचिलो हुन तयार छौं भन्न पाईन्छ ? काभ्रेमा गएर जनआन्दोलनमा सबै भन्दा चप्प्पल लाएर आउने जनता भनेको ताम्सालिङबाट आएको थिए भनेर तामाङ जनतालाई फुरुक्क फार्ने प्रचण्डले यसरी हात्तीवनमा गएर सर्पले जस्तै खोल फेर्न पाईन्छ त ?जवाफ चाहिएको छ तामाङ जनतालाई । अनि पछिलो समयमा ताम्सालिङ र नेवाःलाई एउटै ठाउँमा गाबेरा राज्य बनाउन सकिन्छ भनेर प्रचण्डले भाषण दिएको पनि सुनियो ,के तामाङ जनताले जनयुद्धमा बगाएको रगत अनि संविधानसभाको चुनावमा दिएको भोट माओवादी नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न मात्रै थियो त ? प्रचण्डलाई राष्ट्रपति बन्न हत्तार भयो भन्दैमा जनजातिलाई ढाँटेर अनि छलेर गैरजातीय राज्य बनाउन पाईन्छ ? अचेल प्रचण्ड र झलनाथ खानेखुसी गरेर हँसिलो मुहारमा टिभी स्क्रिनहरुमा सहमति हुनै लाग्यो भनेको सुन्दा झन् बढी शंका थपिएको छ । जायिता आधारमा संघियता हुनै सक्दैन भन्ने झलनाथसँग प्रचण्डले कस्तो सम्झौता गर्यो र त्यसरी हँसिलो मुद्रामा सहमति हुनै लाग्यो भनेर मिडियामा छाउनु पार्यो ? झलनाथले ९ वटा राज्य हुनु पर्छ भनेको कुरा मिडियामा आयो र जसमद्धे ५ वटा पहिचानको आधारमा र ४ ओटा भौगोलिक आधारमा रे भन्ने सुनियो ।

एकिकृत नेकपा माओवादीले पटक पटक संघियता सम्बन्धि आफ्नो धारणा बदल्दै आएको छ जस अनुसार पछिल्लो समय उसले १० वटा प्रदेश प्रस्ताव गरेको छ ।  बिगतको हरेक चोटी उसले गरेको परिवर्तनमा ताम्सालिङ प्रदेश अनिवार्य रुपमा राखिएको भए पनि पछिल्लो पटक उसले गरेको परिमार्जन अनुसार ताम्सालिङको पछाडी इन्द्रावती पनि रहेको छ । तामाङ जस्तो २४० वर्ष देखि हिन्दु अतिवादको चपेटामा परेको जातिले फेरी पनि आफ्नो प्रदेशमा हिन्दुकै देवताको नाम जप्नु पर्ने रे ,यो त तामाङ जनतालाई मान्य हुने छैन ।खास गरी तामाङ लगायतका जनजातिहरुलाई प्रयोग गरेर ठुलो पार्टी हुन पुगेको माओवादी जस्तो आशलाग्दो पार्टीले समेत यस्तो गैरजिम्मेवारीपूर्ण प्रस्ताव पेश गर्नुले पार्टीभित्र बाहुनवाद सल्बलाउन थालिएको सजिलै बुझ्न सकिन्छ । त्यहि प्रचण्ड जसले जनयुद्द कालमा जनजातिहरुलाई "ब्राहमणवाद मुर्दावाद" भन्ने सिकाएको थियो आज उसैमा कांग्रेस र एमालेका नेताहरुको संगतले गर्दा ब्राहमणवाद हाबी हुन थालेको महशुस हुन्छ ।

प्रचण्डले काभ्रेमा गएर तामाङ बुद्धिजीवी र तामाङ जनताको माझमा बोलेको ताम्सालिङको भाषण ,बाबुराम भट्टराईले ककनीमा गएर फलाकेको "जय ताम्सालिङ"को नारा हात्तीवनमा गएर भुस्सुक्कै भुल्न पुगेछ र त ६ देखि ८ प्रदेशमा सहमति गर्न सकिन्छ भनेर कांग्रेस र एमालेसँग सहकार्य गर्न पुगेछन् । जनयुद्दमा तामाङ जनताले बगाएको रगतको गौरवशाली इतिहासलाई चटक्कै भुलेर कांग्रेस र एमाले जस्तो बाहुनहरुको पार्टीसँग हातेमालो गर्नुले तामाङ जनताको भावनामा ठेस पुगेको मात्रै छैन रगत उम्लिन थालेको छ  ।प्रचण्डले नेवा-ताम्सालिङ एउटै प्रदेश हुन सक्छ भनेर केहि समय अगाडी गैरजिम्मेवारीपूर्ण र बाहुनवादी भाषण पनि दिएका थिए ।नेवा र ताम्सालिङलाई एउटै प्रदेश बनायो भने त्यो प्रदेशमा न त नेवारको बाहुल्यता रहन्छ न त तामाङहरुको नै ।त्यसमा त खसहरुको पो त बाहुल्यता हुँदो रहेछ । त्यहि भएर पछिल्लो समयमा माओवादीले १० प्रदेश प्रस्ताव गर्ने बित्तिकै कांग्रेसले परिमार्जन सहीत ७ प्रदेश ल्याएको छ जसमा "ताम्सालिङ-नेवार " भनेर एउटा प्रदेश प्रस्ताव गरिएको छ । हेर्नुहोस् न, कति बाठा बाहुन नेताहरु! कांग्रेसले हिजो सबै जातजाति,भाषा-धर्म ,संस्कृति बराबर हो भन्दै जनजातिहरुलाई दबाई रहेको थियो ,आज ठिक त्यहि इतिहास दोहोर्याउने मनसाय देखियो माओवादीभित्र ।
जे सुकै भए पनि यदि तामाङ जनताले ताम्सालिङ पाएन भने संबिधान लाघु भएको भोलिपल्टै ताम्सालिङ छेत्रमा आगो बाल्न तयार रहनुहोस् तामाङ मित्रहरु.....